संसद् तोडफोपछि वासिङ्टनमा कर्फ्यू-Sutra News

संसद् तोडफोपछि वासिङ्टनमा कर्फ्यू

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

काठमाडौं- अमेरिकामा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ ।



बीबीसीका संवाददाताका अनुसार डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो ।

सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे । यसका कारण बहस बीचमा नै रोक्नुपर्यो ।

XxjpbeE007084_20210107_PEPFN1A001.JPG

डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो । स्थिती अनियन्त्रित भएपछि नेशनल गार्डलाई क्यापिटल पठाइयो ।

रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ ।

बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट