अमेरिकाको माथिल्लो सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत-Sutra News

अमेरिकाको माथिल्लो सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

एजेन्सी- अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ ।



जर्जिया राज्यमा मंगलबार फेरि गरिएको दुई सिनेटको निर्वाचनमा डेमोक्र्याटिकका उम्मेदवार विजयी भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

दुई सिट जितेसँगै सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको छ । मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन् ।

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट