किन बन्द भयाे ट्रम्पको फेसबुक र ट्विटर अकाउन्ट ?-Sutra News

किन बन्द भयाे ट्रम्पको फेसबुक र ट्विटर अकाउन्ट ?

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

काठमाडाैं- अमेरिकामा हिंसा भड्किएपछि फेसबुक र ट्विटरले राष्ट्रपति ट्रम्पको अकाउन्ट २४ घण्टाका लागि बन्द गरेको छ । फेसबुकले आफ्नो नीति तथा नियमको उल्लंघन गरेको भन्दै २४ घण्टाका लागि उनको अकाउन्ट बन्द गरको जनाएको हो । 



यस्तै ट्विटरले पनि ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिएको जानकारी दिएको छ । उसले आफ्नो ‘सिभिक इन्टिग्रिटी र भायोलेन्ट थ्रेट पोलिसि’ उल्लंघन गरेको भन्दै अकाउन्ट बन्द गरिएको जनाएको छ । पुनः बारम्बार ट्रम्पले आफ्ना नीति उल्लंघन गरे सधैंका लागि उनको अकाउन्ट बन्द गरिदिने चेतावनीसमेत ट्विटरले दिएको छ । 

यस्तै युट्युबले पनि उनको एक भिडियो हटाएको छ । युट्युबले चुनावका बारेमा अफवाह फैलाएको र आफ्नो आचारसहिंता उल्लंघन गरेका कारण भिडियो हटाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट