वामदेव गाैतमकाे प्रश्नः तीन वर्षमै पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नु परेको ?-Sutra News

वामदेव गाैतमकाे प्रश्नः तीन वर्षमै पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नु परेको ?

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले तीन वर्षमै पार्टी विभाजन हुनु थियो भने किन एकता गरिएको भनेर प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समूहप्रति लक्षित गर्दै राष्ट्रियसभामा बिहीबार विशेष समयमा सो प्रश्न गरेका हुन् ।



उनले आफू कुनै पनि समूहमा नरहेको प्रस्ट पनि पारेका छन् । उनले भने, ‘आज हाम्रो पार्टी दुई समूहमा विभाजित छ । म कुनै पनि समूहमा छैन । किनभने मैले विचार गरें, यो तीन वर्षमै पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नु परेको थियो ?’

पार्टीभित्र अन्तरविरोध हुँदैनन् भनेर कसैले कल्पना गर्छ भने त्यो जत्तिको मूर्खतापूर्ण निष्कर्ष अरू हुन नसक्ने पनि गौतमले बताएका छन् ।

गौतमले आफूलाई राष्ट्रिसभामा लगेकोमा राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन दलका नेतालाई धन्यवाद दिए । पहिलोपटक राष्ट्रियसभामा सम्बोधन गर्दै नेता गौतमले आफूले आफ्नो जीवन कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको बताए ।

‘७३ वर्षको उमेरमा ७ वर्ष घटाएर बाँकी जीवन मैले कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको छु’, उनले भने, ‘बाँकी जीवन कम्युनिस्ट आन्दोलनको एकतामा लाग्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट