भारतमा कोरोना संक्रमितको संख्या एक करोड चार लाख-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या एक करोड चार लाख

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

भारत- भारतमा कोरोना भाइरस संक्रमितको संख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३४६ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड तीन लाख ९५ हजार ४६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहान जनाएको छ ।



गत २४ मा भारतमा कोरोना संक्रमणका कारण २२२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार ३३६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा १ करोड १६ हजार ८५९ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २८ हजार ८३ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ६५४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ८४ लाख ९९५ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बुधबार एक दिनमा ९ लाख ३७ हजार ५९० जनाको कोभिड–१९ परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट