सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः डा.रिजाल-Sutra News

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः डा.रिजाल

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

काठमाडौं- कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् । आज पत्रकारसँग कुरा गर्दै डा.रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे ।



उनले भने, ‘सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।’ संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

फरक प्रसंग पार्टी केन्द्रीय सदस्य डा.रिजालले आगामी फागुनमा कांग्रेसको महाधिवेशन सम्भव नरहेको बताए । संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उनको जिकिर थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट