पछिल्लो २४ घण्टामा थपिए ४१२ संक्रमित, ४८३ निको -Sutra News

पछिल्लो २४ घण्टामा थपिए ४१२ संक्रमित, ४८३ निको 

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।

हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप २५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १९८, भक्तपुरमा २५ र ललितपुरमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १८४ जना कोरोना संक्रमितको आईसीयुमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा ५ हजार १ सय ३२ पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट