अमेरिकी संसदमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले भने- आगामी दिनहरू शान्तिमय होस्-Sutra News

अमेरिकी संसदमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले भने- आगामी दिनहरू शान्तिमय होस्

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

काठमाडौं- कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अमेरिकी संसदमा भएको घटनाका दृश्यले आफू स्तब्ध भएको बताएका छन् । बिहीबार अंग्रेजी भाषामा ट्वीट गर्दै सभापति देउवाले दुःखी भएको जनाएका हुन् । 



‘अमेरिकी कंग्रेसको अपमानजनक दृश्यहरूले म स्तब्ध भएँ,’ देउवाले ट्वीटरमा उल्लेख गरेका छन्, ‘जनताले भनेका छन्– सत्ता हस्तान्तरणको संक्रमण शान्तिपूर्ण हुनुपर्छ ।’ 

देउवाले अमेरिकी नागरिकका आगामी दिनहरू शान्तिमय होस् भनेर पनि कामना गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट