बेलायती अस्पतालमा शैया अभाव हुनसक्ने चिकित्सकको चेतावनी-Sutra News

बेलायती अस्पतालमा शैया अभाव हुनसक्ने चिकित्सकको चेतावनी

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

लण्डन- कोरोना भाइरस संक्रमणका घटनामा वृद्धि भएको कारण बिहीबार इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शैया व्यवस्थानमा कठिनाइ भएको बताएका छन् । स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएका एक गोप्य स्रोतले एएफपीलाई बताएको छ ।



बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिणपूर्वी इङ्ल्याण्डमा कोभिड संक्रमितको संख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जिवाणु पाइएको बताइएको थियो । बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड–१९ संक्रमितको संख्या ३० हजारभन्दा बढी पुगेको छ । यो पहिलो चरणको संक्रमणका समयमा भन्दा बढी हो ।

इङ्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भने, ‘तीव्र वृद्धिले अस्पतालका उपचाररत केही विरामीहरूलाई नर्सिंग होम वा केयर होममा केही थप शैया व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन् ।’

क्रिस होपप्सनले बीबीसी रेडियोसँग भने, ‘हामीले विगत एक हप्तामा इङ्ल्याण्डमा मात्र पाँच हजार नयाँ विरामीलाई भर्ना गरेका छौँ । यो कोभिड–१९ का विरामीका लागि छुट्ट्याइएका शैयाभन्दा १० गुणा हो । साँच्चै यो निकै चुनौतीको विषय हो ।’ चिकित्सकहरूले कोभिड-१९ को बढ्दो क्रमसँगै संक्रमण नियन्त्रणका उपायलाई कडाइका साथ अपनाउन वा पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट