बेलायती प्रधानमन्त्री भन्छन्- हिंसाका लागि ट्रम्पले समर्थकलाई उकासे-Sutra News

बेलायती प्रधानमन्त्री भन्छन्- हिंसाका लागि ट्रम्पले समर्थकलाई उकासे

शुक्रबार, २४ पौस २०७७

शुक्रबार, २४ पौस २०७७

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी संसदमा भएको हिंसाका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार  रहेको बताएका छन् । ट्रम्पले आफ्ना समर्थकलाई हिंसाका लागि संसदमा छिर्न उक्साउने काम जोनसोनले आरोप लगाएका छन् ।



‘यस्तो लाग्छ कि संसदमा छिरेर हिंसाका लागि उक्साउने काम राष्ट्रपति ट्रम्पबाटै भएको छ, लगातार निष्पक्ष चुनावको नतिजामाथि प्रश्न उठाइरहेका ट्रम्पको यो सरासर गलत कार्य हो,’ जोनसनले भने ।

ट्रम्पले नै चुनाव जितेको र बाइडेनलाई विजय घोषणा गर्न नहुने भन्दै उनका समर्थक अमेरिकी संसदमा छिरेर हमला गरेका थिए । सोक्रममा भएका झडपमा ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट