काठमाडौं- नेपाली वायुसेवाका साना-ठूला सबै विमानका चालकलगायत उड्डयनकर्मीलाई उडानका क्रममा फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ ।
उडान सुरक्षामा असर पर्ने कारण देखाउँदै नागरिक उड्डयन प्राधिरकरणले नियमित उडानमा संलग्न उड्डयनकर्मीलाई फोटो खिच्न रोक लगाएको हो ।
प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले पुस १५ गते उडान सञ्चालन मापदण्ड संशोधन गर्दै उडानका क्रमममा वायुयानको चालक कक्ष (ककपिट) तथा बोर्डमा पाइलट, एयरहोस्टेज, इन्जिनियर र ककपिटको जम्पसिटमा बस्ने तेस्रो चालक वा प्राविधिकलाई लागू हुने गरी कुनै पनि प्रकारका यन्त्र तथा उपकरणबाट फोटो र भिडियो नखिच्न कडाइ गरेको हो ।