कुस्तीको प्रशिक्षण पुनः सुरु हुँदै-Sutra News

कुस्तीको प्रशिक्षण पुनः सुरु हुँदै

शुक्रबार, २४ पौस २०७७

शुक्रबार, २४ पौस २०७७

काठमाडौं- बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः सुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो । 



महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निष्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण सुरु गर्न लागिएको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले जानकारी दिए । 

‘कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला सुरु हुन लागेको हो’, उनले भने ।  स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले बताए । 

कुस्तीमा नेपालले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक संगीता धामीले जितेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट