काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिमको धनगढी सम्बोधन गर्ने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिएका छन् ।
नेकपा ओली समूहले आयोजना गरेको सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा सहभागी हुनेले कालो मास्क लगाउनसमेत प्रतिबन्ध लगाइएको छ । प्रतिनिधि सभाको विघटनपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो ।