काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडा भएको बताएका छन् । घनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अध्यक्ष माधवकुमार नेपालमाथि सो संकेत गरे ।
उनले पार्टी बैठकमा नबसेर केही भगौडा सडकमा गएको बताए । ‘तपाईंहरुले पार्टी छाडेर हिँडेका भगौडाहरुको कुरा सुन्नु भएको होला’, उनले भने, ‘केन्द्रीय समित बैठकमा नआएर कहाँ गए भनेको त सडकमा बसेर ‘हामी यहाँ छौं’ रे ।’
उनले प्रचण्ड नेपाल बैठकमा नआउने, पत्रपत्रिकामा लेखाएर गाली गलौज गरेर हिँडेका आरोप लगाए । उनले आफू देशको आधुनिकीकरण गर्न हिँडेका कारण गालीगलौज गर्ने फुर्सद नभएको बताए ।
‘हामीलाई गाली गलौज गर्ने फुर्सद छैन’, उनले भने, ‘देशलाई आधुनिकीकरण गर्नुछ ।’