काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गणतन्त्रका लागि ५० वर्षअघि संघर्ष गरेको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘गणतन्त्रका लागि ५० वर्षअघि संघर्षको मैदानमा उत्रिने अरू कोही थियो ? त्यो त मै हुँला नि,’ प्रधानमन्त्री ओलीले भने, ‘५० वर्षअघि गणतन्त्रका लागि मैदानमा उत्रिएर १४ वर्ष जेल बसेको थिएँ ।’