काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहका नेता भीम रावललाई ‘मान्छेभन्दा कुरा ठूला’ गर्ने भन्दै कटाक्ष गरेका छन् । शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता रावललाई सो कटाक्ष गरेका हुन् ।
गणतन्त्र ल्याउन आफू ५० वर्षअघि नै संघर्षको मैदान उत्रिएको बताउँदै प्रधानमन्त्री ओलीले आफूलाई गणतन्त्रविरोधी भन्ने मध्येका एक भीम रावलाई संकेत गरे ।
उनले भने, ‘अहिले गणतन्त्रवादी होइन भनेर कुर्लिने मान्छे अछामको एउटा केटो (म १४ वर्ष जेल बसेका बेला) बाटोमा हिंड्दाहिंड्दै पुलिसले समातेर ल्याएछ र मैले राजनीतिकरण गरेको थिएँ । अहिले त कुराकानी सानातिना छैनन् । मान्छेभन्दा कुरा ठूला छन् । ‘नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूला । त्यता पट्टी मैले केही धेरै भनिरहनु पर्दैन, तपाईंहरुले चिन्नुहुन्छ ।’