कोरोना ग्राफः ५५४ थपिए, ५८५ डिस्चार्ज, ६ को मृत्यु-Sutra News

कोरोना ग्राफः ५५४ थपिए, ५८५ डिस्चार्ज, ६ को मृत्यु

शुक्रबार, २४ पौस २०७७

शुक्रबार, २४ पौस २०७७

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप पाँच सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६४ हजार एक सय ५९ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ ।

हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा पाँच हजार २ सय ६९ पीसीआर परीक्षण भएको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नौसय नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट