काठमाडौं- धनगढीस्थित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर जाने युवा पक्राउ परेका छन् ।
ओली समूहको नेकपाको आमसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर गएका ७ जना युवालाई पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ७ जना युवालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नामठेगाना नखुलेको जनाएको छ ।