काठमाडौं- कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार नेकपा (केपी ओली समूह) ले धनगढीमा गरेको आमसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएका युवाहरू उपस्थित थिए ।
सभापति देउवाले साँझ ट्वीट गर्दै पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । देउवाले भनेका छन्, ‘धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ ।’
‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य/मान्यता विपरित हो,’ देउवाले भने, ‘पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु ।’
धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ।दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य/मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु! pic.twitter.com/JUbpf5mj5f
— Sher Bahadur Deuba (@DeubaSherbdr) January 8, 2021