काठमाडौं- उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका हुन् ।
उनले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामासमेत द्विविधामा नपर्न आग्रह गरे । आधिकारिक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताए । यदी कानूनी रुपमा अल्झो टुंगिन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताए ।
उनले स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गरे । सूर्य चिन्ह नपाए पनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताए ।