संसद् पुर्नस्थापनाकोे सम्भावना नरहेको गृहमन्त्री थापाको दाबी-Sutra News

संसद् पुर्नस्थापनाकोे सम्भावना नरहेको गृहमन्त्री थापाको दाबी

शनिबार, २५ पौस २०७७

शनिबार, २५ पौस २०७७

चरिकोट- गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुर्नस्थापना हुने सम्भावना नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी दोलखाले चरिकोटमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवम् समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे ।



आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम गर्ने समयमा सरकार ढाल्नका लागि पार्टीभित्रैबाट चलखेल गर्ने, आरोपपात्र दर्ता गराउने, आफ्नै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउनेजस्ता गतिविधिले पार्टीमा फुटको स्थिति आएको वताउँदै गृहमन्त्री थापाले अव राष्ट्रियताको नारा लिएर ताजा जनादेशमा जाने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट