प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दै-Sutra News

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दै

शनिबार, २५ पौस २०७७

शनिबार, २५ पौस २०७७

काठमाडौं- कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज शनिबार ३३० निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । आज हुने विरोध प्रदर्शनमा शीर्ष तहका नेताहरु सहभागी हुने बताइएको छ ।



पार्टी सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ को विरोध प्रदर्शनमा सहभागी हुने भएका छन् । देउवाले विरोध प्रदर्शनपछि आयाेजना हुने सभालाई सम्वोधन पनि गर्ने भएका छन् ।

कोषाध्यक्ष सीतादेवी यादव काभ्रेको प्रदर्शनमा हुने र प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौंकाे प्रदर्शनीमार्गमा हुने विरोध सभामा सहभागी हुनेछन् ।

नेता गगन थापाले आफ्नै निर्वाचन क्षेत्रको कपनमा हुने विरोध सभालाई सम्वोधन गर्ने जनाइएकाे छ । सबै केन्द्रीय नेता विरोध सभामा सहभागी हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडलले भने, ‘सबै नेताहरु देशभरका विरोध सभामा खटिनुहुन्छ । को कहाँ सहभागी हुने पूर्ण जानकारी केन्द्रीय कार्यालयमा आइसकेको छैन ।’

पुस १९ मा बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । कांग्रेसले प्रतिनिधिसभा विघटनलाई अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी कदमको भनेकाे छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट