काठमाडौं- पत्नी सीता दाहालको उपचारका लागि गत सोमबार भारत गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शनिबार नेपाल फर्कँदै छन् ।
मुम्बईको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा सीताको उपचार जारी छ । पत्नी सीतालाई उपचारकै क्रममा मुम्बई छाडेर प्रचण्ड छोरी रेणुका साथ स्वदेश फर्कन लागेका हुन् ।
उपचारपछि सीताको स्वास्थ्यमा सुधार भइरहेको पारिवारीक स्रोतले जनाएको छ ।