प्रधानमन्त्रीलाई ‘कू’ गर्न थालेपछि संसद विघटन गरिएको हो, मैले प्रचण्डलाई धोका दिएको छैनः मणिचन्द्र थापा-Sutra News

प्रधानमन्त्रीलाई ‘कू’ गर्न थालेपछि संसद विघटन गरिएको हो, मैले प्रचण्डलाई धोका दिएको छैनः मणिचन्द्र थापा

शनिबार, २५ पौस २०७७

शनिबार, २५ पौस २०७७

काठमाडौं- खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले संसद विघटन प्रधानमन्त्रीको बाध्यकारी कदम भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले नेकपाभित्रको पार्टीभित्रैबाट असहयोग भएपछि र बहुमत प्राप्त प्रधानमन्त्रीलाई ‘कू’ गर्न थालेपछि संसद विघटन गरेको बताए ।



उनले प्रचण्डले ‘कू’ गर्न खोज्दा प्रधानमन्त्री ओलीले असफल बनाएर देशलाई बचाएको दावी गरे । ‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि ‘कू’ गर्नु खोज्नुभयो,’ मन्त्री थापाले भने, ‘देशलाई ‘कू’को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो ।’ चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने उनको भनाइ थियो ।

उनले देश चुनावको बाटोमा गइसकेको बताउँदै उनले कुनै पनि हालतमा प्रतिनिधि सभा कुनै पनि हालतमा पुनःस्थापना नहुने बताए । मन्त्री खानका लागि लागि प्रचण्डको साथ छाड्नु भयो नि भन्ने प्रश्नको जवाफमा उनले आफू अहिलेसम्म चुनाव नलडेको र लड्ने अवसर पनि नपाएको बताउँदै प्रधानमन्त्रीले तपाईंजस्तो इमान्दार मान्छे सरकारमा जानुपर्छ भन्ने प्रस्ताव स्वीकार गरेको बताए ।

उनले आफूले प्रचण्डलाई धोका नदिएको बताउँदै बरु प्रचण्डले नै समकालीन नेता र प्रधानमन्त्री ओलीलाई समेत धोका दिएको बताए । ‘मैले कसैलाई धोका दिएको छैन’, उनले भने, ‘बरु  प्रचण्डले नै समकालीन नेताहरुलाई धोका दिँदै आउनुभएको छ, पछिल्लो चरण केपी शर्मा ओलीलाई पनि धोका दिनुभयो ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट