लेबनानमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै-Sutra News

लेबनानमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै

शनिबार, २५ पौस २०७७

शनिबार, २५ पौस २०७७

लेबनान- लेबनानमा कोभिडका संक्रमितहरुको संख्या झन् बढ्दै गएको छ । पहिलेको तुलनामा संक्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका अधिकारीहरुले जनाएका छन् ।



राजधानी बेरुतमा शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन् । यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलोपटक हो ।

बिहीबार मात्र पनि यहाँ ५ हजार जना भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको थियो । त्यसपछि सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो ।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ । जसका कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट