कोरोना ग्राफः थपिए ३६२, ६९९ निको, ३ जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः थपिए ३६२, ६९९ निको, ३ जनाको मृत्यु

शनिबार, २५ पौस २०७७

शनिबार, २५ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।

हाल देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट