प्रचण्ड स्वदेश फर्किए, पत्नीको स्वास्थ्यमा उल्लेख्य सुधार-Sutra News

प्रचण्ड स्वदेश फर्किए, पत्नीको स्वास्थ्यमा उल्लेख्य सुधार

शनिबार, २५ पौस २०७७

शनिबार, २५ पौस २०७७

काठमाडौं- पत्नी सीता दाहालको उपचारका लागि भारत गएका प्रचण्ड स्वदेश फर्किएका छन् ।



अध्यक्ष प्रचण्ड शनिबार अपरान्ह ४ बजे नेपाल वायुसेवा निगमको दिल्ली-काठमाडौं उडानबाट स्वदेश फर्किएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए ।

सीता दाहालको अहिले मुम्बईकै न्युरोजेन ब्रेन एन् स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ । सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि प्रचण्ड स्वदेश फर्किएका हुन् ।

दाहाल प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छन् । उनको यसअघि सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल, अमेरिकाको जोन हकिन्स अस्पताल र भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगेर आयुर्वेदिक विधिबाट पनि उपचार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट