कांग्रेस निर्वाचनकाे पक्षमाः डा.कोइराला-Sutra News

कांग्रेस निर्वाचनकाे पक्षमाः डा.कोइराला

आइतबार, २६ पौस २०७७

आइतबार, २६ पौस २०७७

काठमाडौं- कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अलादलते प्रतिनिधिसभा पुनःस्थापना नगरे निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । आइतबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै डा.कोइरालाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकार गर्ने बताएका हुन् ।



‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकारेर अगाडि बढ्छ’, डा.कोइरालाले भने, ‘अदालतले प्रधानमन्त्रीको निर्णय सदर गरेको अवस्थामा कांग्रेस निर्वाचनमा जानुपर्छ, चुनावबाट कोही पनि भाग्न मिल्दैन ।’

नेता कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना पनि नहुने र वैशाख १७ मा चुनाव पनि नहुने अवस्थामा मात्रै प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई फाल्न संयुक्त संघर्ष आवश्यक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट