पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, २६ पौस २०७७

आइतबार, २६ पौस २०७७

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा तीन हजार तीन सय ९९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार गत २४ घण्टामा ५१३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हाल ४ हजार ७२२ जना सक्रिय संक्रमित रहेको 

त्यसैगरी हालसम्म संक्रमणमुक्त हुने दर ९७.६ प्रतिशत रहेको गौतमले जानकारी दिए ।

काठमाडौंसहित उपत्यकाको तीन जिल्लामा १२६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९९ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ९ जना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट