Logo

शनिवार, माघ ३ गते २०७७

एन्फाका पूर्वमहासचिव शाहीको निधन

एन्फाका पूर्वमहासचिव शाहीको निधन

सूत्र न्यूज

२७ पौष २०७७
  • 128
    SHARES
  • एन्फाका पूर्वमहासचिव शाहीको निधन

    काठमाडौं- राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

    शाहीको ६५ वर्षको उमेरमा गएराति साढे ९ बजे दैलेखस्थित आफ्नै निवासमा निधन भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाकारी दिएका छन् ।

    शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए । नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा तथा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा थिए ।

    २०५२ सालमा एन्फाको निर्वाचनबाट महासचिव निर्वाचित भएका शाहीले २ काम गरेका थिए । २०६० सालमा २ कार्यकाल उनले नेपाल बक्सिङ संघको महासचिवका रुपमा जिम्मेबारी संहालेका थिए ।


    प्रकाशित :पौष २७, २०७७ सोमवार - ०८:४६:२३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.