Logo

शनिवार, माघ ३ गते २०७७

रोनाल्डोको गोलमा युभेन्टसको जित

रोनाल्डोको गोलमा युभेन्टसको जित

सूत्र न्यूज

२७ पौष २०७७
  • 79
    SHARES
  • रोनाल्डोको गोलमा युभेन्टसको जित

    काठमाडौं- इटालियन सिरी ए फुटबलमा युभेन्टसले सास्सुओलोमाथि शानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-१ गोल अन्तरले हरायो । युभेन्टसको जितमा डानिलो, एरोन रामसी र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

    सास्सुओलोका लागि ग्रेगोइरे डेफ्रेलले एक गोल फर्काएका थिए । त्यस्तै सास्सुओलोका पेड्रो ओबिंगले खेलको पहिलो हाफको अन्तिम समयमा रातोकार्ड पाएर मैदाम छोडेपछि सास्सुओलो १० खेलाडीमा सिमित भएको थियो ।

    यस खेलमा गोल गरेसँगै रोनाल्डोले यस सिजनमा सिरी ए आफ्नो १५ गोल पुरा गरेका छन् । योसँगै उनी पछिल्लो १५ सिजनसम्म लगातार उनी खेलेका लिगमा कम्तिमा १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

    जितपछि युभेन्टस सिरी एमा चौंथो स्थानमा उक्लिएको छ । युभेन्टसको १६ खेलमा ३३ अंक रहेको छ । शीर्ष स्थानमा रहेको एसी मिलानको १७ खेलमा ४० अंक रहेको छ । 


    प्रकाशित :पौष २७, २०७७ सोमवार - ०८:५४:४३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.