काठमाडौं- नेकपाको ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको छ । विस्तारित केन्द्रीय कमिटी अब १ हजार ५०१ सदस्यीय पुगेको छ ।
पार्टी विभाजनको स्थितिमा पुगेपछि विधान संशोधन गर्दै १ हजार १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका ओलीले पुनः केन्द्रीय सदस्य थपेका हुन् ।
पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गर्दै केन्द्रीय कमिटी संख्या बढाएको हो ।