ट्रम्पमाथि महाअभियोग लगाउने तयारी-Sutra News

ट्रम्पमाथि महाअभियोग लगाउने तयारी

सोमबार, २७ पौस २०७७

सोमबार, २७ पौस २०७७

वाशिंटन- अमेरिकामा २० जनवरीमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण कार्यक्रम छ, हालका राष्ट्रपति डोनाल्ड ट्रम्प अब पदमा रहन ९ दिनमात्र बाँकी छ । यसबीच हाउस अफ रिप्रेजेन्टेटिभकी अध्यक्ष नेन्सी पेलोसीले आइतबार ट्रम्पमाथि महाअभियोग प्रस्तावका लागि अनुमति दिएकी छन् । 



७ जनवरीमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएर हिंसा भड्काएको आरोप लागेको छ । संसद भवनमा भएको हिंसामा ५ जनाको मृत्यु भएको छ । समाचारपत्र द हिलका अनुसार पेलोसीले हिंसालाई मध्यनजर गर्दै २५ औं संशोधनअन्तर्गत ट्रम्पलाई पदबाट हटाउनु उपराष्ट्रपति माइक पेन्सको जिम्मेवारी हो भनेकी छन्। 

डेमोक्र्याट्सलाई लेखेको पत्रमा पेलोसीले भनेकी छन्, ‘यदि पेन्सले कारबाही गरेन भने महाभियोगमा मतदान हुनेछ। ट्रम्प अमेरिकी इतिहासमा कार्यकालमा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति हुनेछन् । पत्रमा पेलोसीले लेखेका थिए,‘संविधान र प्रजातन्त्र बचाउनु हाम्रो दायित्व हो, त्यसैले हामीले तुरुन्त कदम चाल्नु पर्छ। यी दुवै (संविधान र लोकतन्त्र) लाई राष्ट्रपतिले चुनौति दिएका छन्। दिनहरू बित्दै जाँदा राष्ट्रपतिलाई लोकतन्त्र बिगार्ने डर बढ्नेछ।’  रिपब्लिकन पार्टीका १०० सांसदहरुले संसद भवन आक्रमणको घटनामा ट्रम्पलाई दोषी ठहर्याएका छन् । 

गत वर्ष पनि ट्रम्पलाई महाअभियोग लगाइएको थियो । हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रेटिकको बहुमत भएका कारण महाअभियोग पारित भएको थियो तर सिनेटमा रिपब्लिकनको बहुमतका कारण पारित हुन सकेन । ट्रम्पले बाइडेनविरुद्ध अनुसन्धान सुरु गर्न युक्रेनलाई दबाव दिएका थिए। व्यक्तिगत र राजनैतिक फाइदाको लागि आफ्नो शक्तिको दुरुपयोग गर्दै सन् २०२० को राष्ट्रपति पदको चुनावमा उनीहरूले यूक्रेनबाट आफ्नो पक्षमा सहयोग खोजेका कारण महाअभियोग प्रस्ताव ल्याइएको थियो ।

यसअघि सन् १८६८ मा अमेरिकाका  पूर्वराष्ट्रपति एन्ड्रयु जोनसन, १९९८ मा बिल क्लिन्टन, वाटरगेट स्क्यान्डलमा रिचर्स निक्सनविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो । यसमा बिल क्लिन्टन र जोनसनको प्रस्ताव पास हुन सकेन, निक्सनले कारबाही हुनुभन्दा अगाडि नै राजीनामा दिए ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट