Logo

शनिवार, माघ ३ गते २०७७

बोल्दाबोल्दै राष्ट्रियसभाको रोष्टममै प्रधानमन्त्रीले थुकेपछि... [भिडियो]

बोल्दाबोल्दै राष्ट्रियसभाको रोष्टममै प्रधानमन्त्रीले थुकेपछि... [भिडियो]

सूत्र न्यूज

२७ पौष २०७७
  • 106
    SHARES
  • बोल्दाबोल्दै राष्ट्रियसभाको रोष्टममै प्रधानमन्त्रीले थुकेपछि... [भिडियो]

    काठमाडौं- संसद् विघटनपछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अधिकांश समय संसद् विघटन र आफ्नै पार्टी विभाजित हुनुको कारणबारे बोले । पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल समूहकाबारेमा पनि टिप्पणी गर्न भ्याए ।

    बैठकमा बोल्दै गरेका प्रधानमन्त्रीले मुखमा केही चपाइरहेका थिए । केही छिनपछि उनी रोष्टमको भूइँतिर फर्किए । र, थुके ।

    भारतीय विदेश सचिव र सेनापति नेपाल भ्रमणमा आएको, नेपालबाट ऊर्जा सचिव पनि भारत भ्रमणमा गएर भ्रमण उपलब्धिमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोष्टममा थुकेका हुन् ।

     


    प्रकाशित :पौष २७, २०७७ सोमवार - १३:२०:३६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.