प्रचण्ड-नेपाल समूहले गरेको आग्रह निर्वाचन आयोगद्वारा अस्वीकार-Sutra News

प्रचण्ड-नेपाल समूहले गरेको आग्रह निर्वाचन आयोगद्वारा अस्वीकार

सोमबार, २७ पौस २०७७

सोमबार, २७ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल समूह) ले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न निर्वाचन आयोगलाई गरेको आग्रह आयोगले अस्वीकार गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोगमा पुगेर निर्वाचन रोक्न आग्रह गरेका थिए ।



सो समूहका एक नेताले भने, ‘स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस् भनेर हामीले भनेका छौं, अदातलको फैसलाको निर्क्यौल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आग्रहसमेत भएको छ । संसद विघटन गर्न नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै संसद विघटन भएको अवस्थामा निर्वाचनसम्बन्धी काम अदालतको फैसला नआउँदासम्म रोक्नुपर्छ भनेर हामीले भनेका छौं ।’

प्रचण्ड-नेपाल समूहको आग्रहलाई आयोगले भने अस्वीकार गरेको छ । आयोगको तटस्थतामा शंका नगर्न भन्दै आयोग पदाधिकारीहरूले सरकारले निर्वाचनको मिति तोकेपछि आफूहरूले काम अघि बढाउने बताएका थिए ।

SUTRA. NCP..PNG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट