कोरोना ग्राफः ४८८ थपिए, ५२७ निको, १० जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः ४८८ थपिए, ५२७ निको, १० जनाको मृत्यु

सोमबार, २७ पौस २०७७

सोमबार, २७ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट