कोरोना संक्रमितको हुम्लाबाट हेलिकप्टरमार्फत उद्धार-Sutra News

कोरोना संक्रमितको हुम्लाबाट हेलिकप्टरमार्फत उद्धार

सोमबार, २७ पौस २०७७

सोमबार, २७ पौस २०७७

हुम्ला- हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा कार्यरत एक जना कोरोना संक्रमितको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।



बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएपछि एकको अवस्था जटिल भएको जिल्ला बाहिर हेलिकप्टरमार्फत उद्धार गरीएको जिल्ला अस्पताल हुम्लाका ल्याब असिस्टेण्ट बलिराज भण्डारीले जानकारी दिए ।

काठमाडौंमा रहेको स्टार अस्पतालबाट दुई जना डाक्टरको टोली हुम्ला पुगेर संक्रमित पुरुषको उद्धार गरीएको हो । कोरोना संक्रमितको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले काठमाडौं रेफर गर्नुका साथै हुम्लाबाट हेलिकप्टरमा काठमाडौं लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बोहराले जानकारी दिए ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई दिन सिटिजन्स बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोवार ठप्प भएको बैंकले जानकारी दिएको छ । अर्का कोरोना संक्रमित महिलाको अवस्था सामान्य रहेकाले जिल्लामै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट