Logo

शनिवार, माघ ३ गते २०७७

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहको निर्देशन

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहको निर्देशन

सूत्र न्यूज

२७ पौष २०७७
  • 92
    SHARES
  • निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहको निर्देशन

    काठमाडौं- गृहमन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

    निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

    उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए ।

    बैठकमा गृहमन्त्री थापाले मुलुक निर्वाचनतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न तीनै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    अर्थमन्त्री पौडेलले विगतमा निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यानमा राखेर गृहमन्त्रालयमार्फत निर्वाचन केन्द्रित बजेट प्रस्ताव पेश गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

    मन्त्री पौडेलले निर्वाचनका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    गृहमन्त्रालयले निर्वाचनको पक्षमा माहोल बन्दै गएको वर्तमान अवस्थामा लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दललगायत सबै सरोकारवालाले आ–आफ्नो कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्णरुपमा गर्न/गराउन अनुरोध गरेको छ ।  


    प्रकाशित :पौष २७, २०७७ सोमवार - २१:३६:४०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.