भूगोलमा देश ठूलो-सानो हुन सक्छ तर हैसियत एउटै हो: प्रधानमन्त्री ओली-Sutra News

भूगोलमा देश ठूलो-सानो हुन सक्छ तर हैसियत एउटै हो: प्रधानमन्त्री ओली

मंगलबार, २८ पौस २०७७

मंगलबार, २८ पौस २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी (चीन–भारत) मा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताएका छन् । भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको बताएका हुन् ।



प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौमता बराबरी हुने बताए । दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हुने स्पष्ट पारे ।

ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताए ।

ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देश विरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताए । भारत र चीनले चाहेमा वार्ताका लागि मध्यस्थता गर्छु ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको बताए । उनले दुवै नेपालका छिमेकी भएकाले कोहीसँग पनि ‘कार्ड’ नखेल्ने बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि आफूले मध्यस्थता गर्न सक्ने बताएका थिए ।

दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘भारत र चीन दुवै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट