कति पुगे भारतमा कोरोना संक्रमित ?-Sutra News

कति पुगे भारतमा कोरोना संक्रमित ?

मंगलबार, २८ पौस २०७७

मंगलबार, २८ पौस २०७७

भारत- भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ संक्रमित फेला परेपछि कोरोना सो संख्या एक करोड चार लाख ७९ हजार १७९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १६७ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ३२७ जना पुगेको छ । कोरोनाका कारण २०० भन्दा कम व्यक्तिको मृत्यु आज दोस्रो दिन भएको सो मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १६ हजार ५५८ सक्रिय संक्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३०६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ ।

भारतमा कोभिड-१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ६९१ भन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड २६ लाख ५२ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एक दिनमा ८ लाख ९७ हजार ५६ जनाको कोभिड–१९ परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट