कोरोना ग्राफः ४३० थपिए, ३९० निको र ५ जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः ४३० थपिए, ३९० निको र ५ जनाको मृत्यु

मंगलबार, २८ पौस २०७७

मंगलबार, २८ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ५ हजार ३ सय पीसीआर परीक्षण भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२१, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट