Logo

आइतवार, माघ ११ गते २०७७

चीनमा भेटिए ११५ जना कोरोनाका नयाँ संक्रमित

चीनमा भेटिए ११५ जना कोरोनाका नयाँ संक्रमित

सूत्र न्यूज

२९ पौष २०७७
  • 49
    SHARES
  • चीनमा भेटिए ११५ जना कोरोनाका नयाँ संक्रमित

    बेइजिङ- चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीनभित्रै संक्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मंगलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मंगलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो ।

    स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

    बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार भेटिएका ११५ संक्रमितमध्ये १०७ जना स्थानीय स्तरमै आपसमा संक्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् । चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

    मंगलबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।


    प्रकाशित :पौष २९, २०७७ बुधवार - १२:४२:३३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.