युट्युबले लगायाे ट्रम्पको च्यानलमा प्रतिबन्ध-Sutra News

युट्युबले लगायाे ट्रम्पको च्यानलमा प्रतिबन्ध

बुधबार, २९ पौस २०७७

बुधबार, २९ पौस २०७७

काठमाडौं- युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानलमा प्रतिबन्ध लगाएको छ । आफ्नो नियम नीति उल्लंघन गरेको भन्दै अल्फाबेट इंकको युट्युबले राष्ट्रपति ट्रम्पको च्यानलमा प्रतिबन्ध लगाएको हो ।



गएको बुधबार संसद भवनमा ट्रम्पका समर्थकले गरेको हिंसात्मक आक्रमण तथा ट्रम्पको भाषणलाई लिएर उनको च्यानलमा कम्तिमा सात दिनका लागि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध अनुसार ट्रम्पको च्यानलले अब नयाँ भिडियो अपलोड गर्न तथा भिडियो लाइभ गर्न पाउने छैन । अहिले यो प्रतिबन्ध सात दिनका लागि रहे पनि लम्बिन सक्ने युट्युबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट