Logo

शनिवार, माघ ३ गते २०७७

मेरा साथीहरू राजनीतिक जोकर जस्तो लाग्छ: प्रचण्ड

मेरा साथीहरू राजनीतिक जोकर जस्तो लाग्छ: प्रचण्ड

सूत्र न्यूज

२९ पौष २०७७
  • 124
    SHARES
  • मेरा साथीहरू राजनीतिक जोकर जस्तो लाग्छ:  प्रचण्ड

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना साथीहरू राजनीतिक जोकर भएको बताएका छन् । बुधबार काठमाडौंमा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

    प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै भने, ‘कार्यक्रमहरूमा ठाउँ ठाउँमा प्रहसन र नौटंकी भइरहेको तपाईंहरूले देख्नु भएको छ । भाषण सुन्नुभएको छ । कहिलेकाहीं विक्षिप्त मानसिकताको उपज होकी जस्तो लाग्छ । साथीहरू विक्षिप्त भएछन् कि भन्ने डर लाग्छ । उनीहरूले बोलेको सुन्दा, उनीहरू तर्क सुन्दा कहिलेकहीं सार्थीहरू जोकरमा परिणत हुनुभएछ क्यारे ! पोलिटिकल जोकर ! जोकर जस्तो लाग्छ । हाम्रै साथी थिए, छन् अझै पनि ।’

    प्रचण्डले थप भने, ‘उनीहरूलाई देख्दा कहिलेकहीं बडो अनौठो लाग्छ ।’ 


    प्रकाशित :पौष २९, २०७७ बुधवार - १४:५९:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.