Logo

शनिवार, माघ ३ गते २०७७

पार्टी बैठकमा भारतले प्रधानमन्त्रीबाट हटाउन लाग्यो भन्नुभयो, आज उसकै मन्त्र सुन्नुभयो केपीजी ?: प्रचण्ड

पार्टी बैठकमा भारतले प्रधानमन्त्रीबाट हटाउन लाग्यो भन्नुभयो, आज उसकै मन्त्र सुन्नुभयो केपीजी ?: प्रचण्ड

सूत्र न्यूज

२९ पौष २०७७
  • 82
    SHARES
  • पार्टी बैठकमा भारतले प्रधानमन्त्रीबाट हटाउन लाग्यो भन्नुभयो, आज उसकै मन्त्र सुन्नुभयो केपीजी ?:  प्रचण्ड

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इसारामा लागेर संविधानमाथि प्रहार गरेको बताएका छन् । काठमाडौंमा बुधबार बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई राष्ट्रप्रति जिम्मेवारी बोध नभएको बताए ।

    प्रचण्डले भने, ‘उनलाई (केपी ओली) लोकतन्त्रप्रति अलिकति पनि माया भएको भए, राष्ट्रप्रति अलिकति पनि जिम्मेवारी बोध भएको भए, अहिले त विदेशी शक्ति आएर उहाँलाई के-के मन्त्र सुनाए, उहाँले त्यो मन्त्र सुन्नुभयो । अस्ति भर्खर हेर्नु भयो नि तपाईंले जी न्युजको इन्टरभ्यू ।’

    ओलीले जी न्युजमा भनेका सबैकुरा केवल नाटक मात्रै भएको पनि प्रचण्डले बताएका छन् । ‘उहाँले त्यहाँ बोलेको पनि नाटकै हो । नाटकै हो...। त्यो नाटकै हो भन्ने कुरा कटाक्षप आज भैसक्यो । अब एभरेष्टको नाम फेर्ने रे । त्यही जी न्युजले । यो के नाटक देखिदै छ तपाईं हामीले ?’ प्रचण्डले भने ।

    भारतले प्रधानमन्त्रीबाट आफूलाई हटाउन खोजेको कुरा ओलीले पार्टी स्थायी कमिटी बैठकमा भनेको स्मरण गर्दै प्रचण्डले ओलीलाई प्रश्न गर्दै भने, ‘अस्ति त स्थायी कमिटी बैठकमा ‘मलाई भारतले हटाउन खोजेको छ, मेरा साथीहरूले पनि हटाउन खोजेका छन्’ भन्नुहुन्थ्यो । हामीले हटाएनम त्यत्तिबेला । भारतले हटाउने हो ? भन्दै हामीले हटाएनौं । अहिले उहाँले पार्टी विभाजन गर्ने, संसद् भंग गर्ने, भारतले भनेर गर्या हो ? सारा, जनताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपीजी ? मेरो प्रश्न । तपाईं के भन्नुहुन्छ ? मैले भारतलाई केही भन्न खोजेको होइन । यो भ्रम नहोस् ।’


    प्रकाशित :पौष २९, २०७७ बुधवार - १५:४३:१२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.