प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार-Sutra News

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार

बुधबार, २९ पौस २०७७

बुधबार, २९ पौस २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ । बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय भएन ।



दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए । सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट