कति पुगे नेपालमा कोरोना संक्रमित ?-Sutra News

कति पुगे नेपालमा कोरोना संक्रमित ?

बुधबार, २९ पौस २०७७

बुधबार, २९ पौस २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । गत २४ घण्टामा ४ हजार १ सय ५४ पीसीआर परीक्षण भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १८९, भक्तपुरमा १९ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १४४ जना कोरोना संक्रमितको आईसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट