कोरोना ग्राफः भारतमा संक्रमितको संख्या एक करोड पाँच लाख पुग्यो-Sutra News

कोरोना ग्राफः भारतमा संक्रमितको संख्या एक करोड पाँच लाख पुग्यो

बुधबार, २९ पौस २०७७

बुधबार, २९ पौस २०७७

भारत- भारतमा कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेपछि सो संख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



गत २४ मा संक्रमणको कारण २०२ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ५२९ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख २९ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १४ हजार ५०७ सक्रिय संक्रमित रहेका छन् ।

दिल्लीमा आइतबार ३८६ जना थप व्यक्तिमा संक्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड ३४ लाख ८९ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो मंगलबार एक दिनमा ८ लाख ३६ हजार २२७ जनाको परीक्षण गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट