Logo

शनिवार, माघ ३ गते २०७७

विप्लव समूहका केन्द्रीय सचिवालय सदस्यसहित ४ जना पक्राउ

विप्लव समूहका केन्द्रीय सचिवालय सदस्यसहित ४ जना पक्राउ

सूत्र न्यूज

२९ पौष २०७७
  • 78
    SHARES
  • विप्लव समूहका केन्द्रीय सचिवालय सदस्यसहित ४ जना पक्राउ
    सांकेतिक तस्बिर ।

    काठमाडौं- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार ललितपुर प्रहरीको नेतृत्वमा रहेको विशेष टोलीले उनलाई गिम्दीबाट पक्राउ गरेको हो ।

    ललितपुर र नेपाल प्रहरीको विशेष ब्यूरोको कारबाहीमा अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका अन्य तीन जनामा विवेक कुमाल, प्रकाश शाही र विश्वाश भनिने सरोज रखाल रहेका छन् ।

     


    प्रकाशित :पौष २९, २०७७ बुधवार - २०:०५:२९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.