जापानमा विदेशीलाई आउन फेरि निषेध-Sutra News

जापानमा विदेशीलाई आउन फेरि निषेध

बुधबार, २९ पौस २०७७

बुधबार, २९ पौस २०७७

जापान- गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरि रोक लगाएको छ । कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरेका हुन् ।



जापानले कोरोनाको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा संकटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ । पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ ।

विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् । जापानमा अहिले दैनिक हजारौँ संक्रमित हुने गरेका छन् भने सो संख्या पहिलाभन्दा बढी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट